‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लिपुलेक र लिम्पियाधुरा समस्या हैन, हाम्रो पवित्र भूभाग हो, फिर्ता लिन्छु भ न्न किन खुट्टा कमाएको : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा समस्या नभएर नेपालको पवित्र भू–भाग भएको बताउनुभएको छ । 

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरलाई ुसमस्याु लेखिएको भन्दै उहाँले समस्या समाधान गर्ने नाउँमा भ–ुभाग बुझाउन खोजेको हो ? भन्दै प्रश्न गर्नुभयो । 
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा भूमि फिर्ता सम्बन्धी स्पष्ट कुरा गर्न ओलीले सुझाव दिनुभयो । 
ओलीले भन्नुभयो संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई समस्या भन्नुभएको छ । यो समस्या नभएर नेपालको पवित्र भू–भाग हो ।

उहाँले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्‍न गर्नुभयो ।

ुलिम्पियाधुरा कालापानी, लिपुकुल समस्या हो । हाम्रो पवित्र अभिन्न भू–भाग हो,ु उहाँले भन्नुभयो,ुयो समस्या हो ? यो समस्या हो भने त छोडिदियो भने त समस्या समाधान होला नी ? हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ? 
बर्तमान सरकारले भूमी फिर्ता ल्याउन नसक्नेभन्दै ओलीले डेढबर्षपछि आफुहरु सत्तामा आउनेर भूभाग फिर्ता लिएरै छाड्ने बताउनुभयो । 

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : ०१ बजे