‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अछामका सम्पूर्ण शैक्षिक संस्था बन्द

अछाम । गत मङ्सिर महिनाको दोस्रो साताबाट सञ्चालनमा आएका अछामका शैक्षिक संस्था पुनः बन्द गरिएका छन् । जिल्लामा कोरोना भाइरसको संक्रमण बढिरहेको र नेपाल सरकारले पनि विद्यालय लगायत भिडभाड हुने कार्यमा रोक लगाएपछि अछामका सम्पूर्ण शैक्षिक संस्था कम्तीमा वैशाख मसान्तसम्मका लागि बन्द गरिएका हुन् ।

सोमबार मात्रै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको नन्दा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका दश वटै स्थानीय तहका ४ सय ९० सामुदायिक सहित करिब ५ सय बढी विद्यालय बन्द गरिएका हुन् ।

सरकारको निर्णय र स्थानीय तहको निर्णयको आधारमा बुधवारदेखि जिल्लाका सामुदायिक विद्यालय, क्याम्पस तथा संस्थागत विद्यालय बन्द गरिएका शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ७ : ४२ बजे