‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उदयपुरमा किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

विराटनगर । ८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका ६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ । उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले सडेको अवस्थामा शव फेला परेको जानकारी दिए । साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन ।

क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आंशका गरिएको छ ।

त्रियुगा नगरपालिका–६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ५५ बजे