दलित गाउँका पहिलो शिक्षक

देउवालाई ओलीको प्रश्न : क्यान्टोनमेन्ट भ्रष्टाचारको छानबिन हुन्छ ?

काठमाडौं । अदालतको परमादेशबाट बन्दै गरेको सरकार । एक महिना सम्म गठन हुन नसकेकोले बन्दै गरेको सरकार ! हिजो आफनो पार्टीको समस्याले सदन बिघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ के अब आफनो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?

सरकारको न्युनतम कार्यक्रम हामी बिरुद्ध गाली गलौजको पुलिन्दा हो ? असंबैधानिक र अपवित्र नन्दिभृगी जालिझेलिहरुको गठबन्धन हो। भ्रष्टाचारीलाई कार्वाहि गर्ने रे। कयान्टोनमेन्टको भ्रष्टाचार बिगतको लुट नीति सम्पति कब्जा ठेकेका कब्जा छानबिन हुन्छ ! वाइड बडी , बालुवाटार जग्गा प्रकरण , सुन तष्करी काण्ड कहिले भए ?  संलग्न गठबन्धनका नेताहरुलाई कार्बाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्धा लगाएर विपक्षीलाई फसाउने षडयणत्र गर्ने प्लान हो  ! हाछ्यु खाय बाछ्यु खाय झुसे बारुलो। एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गरिनेछ।

एम सी सी को बारेमा किन बोल्न नसकेको, तपाईंहरुकै पालामा संझौंता गरेको होइन ?  १ सय ६५ को किर्तिम मतले बिश्वासको मत लिएकै छत पास गर्नु नि किन हामीलाई दोषरु हामी त स्पष्ट छौ्ं। हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाब र वुद्धिजिबि र बिज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार संसोधन सहित पास हुनु पर्दछ। भन्ने हाम्रो मान्यता हो।

सरकार हामी संग वार्ता र सहकार्य गर्ने मानसिकतामा छ । भुमी हिन र सुकुमबासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो। पुराना सबै नियुक्ति खारेज गर्ने। यसैको उदाहरण हो। हामी ससक्त प्रतिपक्षको भुमीका खेल्छौ। सडक र सदनमा ससक्त र प्रभावकारी भुमिका खेल्छौ। सिगौँरी खेल्न आए सिँग भाचिनेछ।

कालापानी, लिपुलेक र लिमेपियाधुरा समस्या भनेर पो आएछ नीति कार्यक्रममा बिचरा राष्ट्रको यत्रो उपलब्धी कमफरटेबल गठबन्धनलाई समस्या भएछ।

माधव नेपालहरुको बारेमा केही भन्नु छैन। पुष्प कमल दाहालसंग मिलर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो। देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपंथी गठबन्धन बनाउन लागे। साथीहरु माधब जीलाई केही नभन भन्नुहुन्छ। म भन्न पनि चाहान्न धेरै साथीहरुले कुरा बुजिसके सबै फर्कनुहुन्छ। छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। तर पार्टी काम रोक्ने गुट र समानान्तर गतिविधि भइरने अबस्था अन्त हुने कुरा अध्यक्ष ओलीले आजको बैठकलाई सम्बोधन गदै भन्नुभएको एमालेका पुर्व मन्त्री एवं केन्द्रिय सदस्य महेश बस्नेतले बताउनुभयो।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : २६ बजे