दलित गाउँका पहिलो शिक्षक

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ मा हुने, मस्यौदा समितिमा क–कसले पाए जिम्मेवारी (सूचीसहित) 

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते काठमाडौंमा हुने भएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् । ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

मस्यौदा समितिहरू यस प्रकार प्रस्ताव गरिएका छन् 

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली

सदस्यहरू

वामदेव गौतम

रामबहादुर थापा बादल

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

विष्णु रिमाल

विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल

सदस्यहरु

विष्णु पौडेल

टोपबहादुर रायमाझी

शंकर पोखरेल

किरण गुरुङ

पद्मा अर्याल

३ः विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल

सदस्यहरु

सुवास नेम्वाङ

पृथ्वीसुब्बा गुरुङ

लेखराज भट्ट

रघुवीर महासेठ

राधा ज्ञवाली

भानुभक्त ढकाल

प्रभु साह

४ः व्यवस्थापन समिति
संयोजकः रामवहादुरथापा बादल

सदस्यहरु

मणी थापा

शेरबहादुर तामाङ

सुजिता शाक्य

विनोद श्रेष्ठ

खिमलाल भट्टराई

महेश बस्नेत

पासाङ शेर्पा

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ५ : ०७ बजे