दलित गाउँका पहिलो शिक्षक

उपेन्द्र यादवको निर्णयलाई आयोगद्वारा अद्यावधिक, महन्थ साधारण सदस्य मात्रै

काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निस्कासन गरेको निर्णयलाई अद्यावधिक गरेको छ।

जसपाको कार्यकारिणी समिति बैठकले ३५ जना कार्यकारिणी सदस्यको मात्रै नाम निर्वाचन आयोगमा पठाएको थियो । साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न पत्र पठाउनुभएको थियो ।

ठाकुरको पक्षमा रहेका १६ जना अब जसपाको साधारण सदस्य मात्रै रहने भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ०२ बजे