‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

थप ४ हजार ७७४ मा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा पिसिआर परिक्षण गर्दा थप ४ हजार ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७९ हजार २७९ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

आज कोरोनाको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ यसका साथै नेपालमा कोरोना संक्रमणका कारण कुल ३ हजार २११ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ०६ बजे