दलित गाउँका पहिलो शिक्षक

देउवाप्रति लक्षित गर्दै रामचन्द्र पौडेलले भने,‘सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गर्नुभएको छ ।

नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको टिप्पणी गर्नुभएको हो । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

पौडेलले पार्टीको महाधिवेशन गर्न नसकेको असफल देउवा नै प्रधानमन्त्री बनेको भन्दै बिडम्बना भन्नुभएको हो । पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनु भएको छ । सभापति देउवाले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उहाँको दाबी थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १० : २१ बजे