दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रौतहटमा तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

रौतहट । रौतहटको चन्द्रपुरमा तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका–१ नुनथरमा आज बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिँचाइको नहरमा दुर्घटना भएको हो ।

बाराको काजघाँटमा रहेको महादेव मन्दिरमा जल चढाउन बाग्मती नदीबाट जल लिएर र्फकदै गरेको उक्त बोलेरो जीप दुर्घटनामा परेको हो । 

जल लिएर र्फकदै गरेको ना ५च ३१६६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा बाराको गढीमाई नगरपालिका निवासी ४५ वर्षीय मिनादेवी कोइरीको घटनास्थलमै मृत्यु भएको छ

दुर्घटनामा पाँच जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । 

बारा जिल्ला बोधीवन नगरपालिका निवासी ६५ वर्षीय सुनरी देवी मुखिया बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

२० जना सवार उक्त बोलेरो जीप नहरको ५० मिटर गहिराइमा खसेको हो । नहरमा पानी भएको कारण बेपताको खोजीमा कठिनाइ भइरहेको छ ।  

घाइते भएका पाँच जनाको चन्द्रनिगाहपुर हस्पिटलमा उपचार भइरहेको छ । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले दुर्घटना भएको गाडी र चालकलाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

 

   

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ४३ बजे