दलित गाउँका पहिलो शिक्षक

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ ।​​​​​​​  नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।

तुलसीलाल स्मृति भवनमा आज बिहान ११ः०० बजे स्थायी कमिटी र अपरान्ह ३ः०० बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

 पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका उहाँले जानकारी दिनुभयो ।

आजको बैठकमा १०औँ महाधिवेशन गर्न आवश्यक तयारीको बारे छलफल हुनेछ । 
 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ८ : ०४ बजे