साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

व्यास नगरपालिकाद्वारा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

दमौली । सत्ताइसौँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था ९अत्यावश्यक सेवाबाहेक० बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । 

साथै कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भने सञ्चालन रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ५९ बजे