‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्वास्थ्य राज्यमन्त्रीको अस्पतालले नै  तिरेन कर, कर नतिर्ने सुँचीमा  प्रचण्डका आशेपाशे धेरै 

काठमाडौं । परमादेशबाट बनेको शेरबहादुर देउवाका आलोचित  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अस्पतालले नै सरकारलाई कर नतिरेको पाइएको छ । 
काठमाडौं महानगरपालिकाले आइतबार लामो समयदेखि कर नबुझाएक  ५२ व्यक्ति  र संस्थाको सुँची सार्वजनिक गरेको छ। सुँचीमा स्वास्थ्य राजयमन्त्री श्रेष्ठदेखि व्यापारी अजय सुमार्गी समेतको नाम छ । महानगरले उनीहरूलाई कर बुझाउन पटक–पटक पत्र पठाउँदा पनि अटेरी गरेको जनाएको छ ।

महानगरलाई कर नतिर्नेको सूचीमा जनमैत्री अस्पताल पनि अग्रसूचीमा पर्छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सहितका लगानीकर्ताले यो अस्पताल सञ्चालन गर्दै आइरहेका छन् ।

सूचना जारी भएको मितिले ३० दिनभित्र घरजग्गा तथा सम्पत्ति कर र जरिवाना नबुझाए सम्पत्ति समेत रोक्का गर्ने महानगरले चेतावनी दिएको छ।

प्रचण्डका विश्वासमात्र मानिएका व्यापारी सुमार्गीले बानेश्वरस्थित घरजग्गाको कर बुझाएका छैनन्। त्यस्तै, शिशु अर्यालको नाममा रहेको लाजिम्पाटस्थित घरजग्गाको पनि कर तिरिएको छैन।

यो घरमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल लामो समय बसेका थिए। शिशु अर्याल व्यवसायी सुमार्गीकी श्रीमती सम्झना अर्याल ९अस्मिता सुमार्गी०की ठूलोबुबाकी छोरी हुन्।

करीब एक दशकअघि नवलकिशोर अग्रवालबाट शिशु अर्यालको नाममा यो घर किनिएको थियो। यो घर किन्न गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो लगायतले शिशु अर्यालको नाममा रहेको ब्यांक खातामा रकम पठाएको राष्ट्र ब्यांक अन्तर्गतको वित्तीय जानकारी एकाइले २०६८ साउनमा फेला पारेको थियो।

त्यति वेला आयस्रोत नखुलेको रु।६ करोड ६२ लाख तिरेर घर खरीद गरिएको थियो। शिशु अर्यालकै नाममा रहेको मीनभवनस्थित अल इन मार्टले पनि राजस्व नबुझाएको महानगरको सूचनामा उल्लेख छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सहितको लगानीकर्ताको समूहले सञ्चालन गर्दै आएको बालाजुस्थित जनमैत्री अस्पतालले पनि महानगरलाई कर बुझाउन अटेरी गर्दै आएको छ। यो अस्पतालमा अर्थमन्त्री जनार्दन शर्मा पनि शुरूआतदेखि नै जोडिंदै आएका छन्।

महानगरलाई कर नबुझाउनेको सूचीमा गोपीकृष्ण मुभिज प्रालि पनि छ। यो व्यवसायी उद्धव पौडेलको लगानीको सिनेमा हल हो।

त्यस्तै, चिसो पेय पदार्थ उत्पादन गर्ने वरुण वेभरेज, जय नेपाल हल, नक्सालको इम्पेरियल अपार्टमेन्ट, अम्बे समूहको अम्बे कम्प्लेक्स, होटल मर्स्याङ्दी, रञ्जना ट्रेड सेन्टर, चेम्बर भवन, केएल टावर, सिटी सेन्टर, नेपाल विद्युत् प्राधिकरण आदि संस्थाले पनि महानगरलाई कर बुझाएका छैनन्।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ४ : ३३ बजे