दलित गाउँका पहिलो शिक्षक

भूमिहीनले पुर्जा होइन आँशु पाए, हाँसोको सट्टा रोदन पाए भन्दै सडकमा निस्किए सुकुम्बासी (तस्विरहरु)

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेपछि सुकुम्वासीहरु सडकमा विरोध गरिरहेका छन् । देउवा सरकारबाट भूमिहीनले पुर्जा होईन आँशु पाए, हाँसोको सट्टा रोदन पाए लेखिएको व्यानर सहित उनीहरु विरोधसभामा निस्किएका हुन्। काठमाडौंको कोटेश्वर सडकमा निस्किएका भूमिहिन सुकुम्वासीले, स्यावास कम्फरटेवल सरकार स्याबास । महलमा बस्ने सामन्तावादले झुपडी अटाउने टुक्रा चाहिनेको चित्कार सुन्दैन, यो सरकार सामन्तवादको प्रतिनिधित्व गर्ने सरकार हो, त्यसैले सर्बहाराको पिडा देख्दैन लगायतका नारा लगाएका थिए ।

भुमि समस्या समाधान आयोग खारेजीले भुमिहिन सुकुम्बासी जमिन पाउनबाट बन्चित भएका छन् ।

तस्विर : शान्ता चौधरी

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ५२ बजे