‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मोबाइल अफ गरेर जनमोर्चाका सांसद सम्पर्कविहीन, जोगिने भयो गण्डकीको सरकार 

पोखरा । गण्डकी प्रदेशमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका एक सांसद मोबाइल अफ गरेर सम्पर्क विहिन भएका छन् ।  सांसद खिमविक्रम शाही अहिलेसम्म पनि संससदमा उपस्थित छैनन्  ।  गण्डीकी प्रदेशको अविश्वास प्रसावमा जनमोर्चा  दुवै पक्षको लागि निर्णायक हो । जनमोर्चाको केन्द्रले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपनि सुरुदेखि नै असुन्तुष्ट रेहका सांसद शाहप्ले आज मतदान नगर्ने संकेत गर्दै सम्पर्कविहिन बनेका हुन् । जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने आजको प्रदेशसभा बैठकमा उपस्थित छन्  ।

यदि, आज नै मतदान भयो र खिमविक्रम शाही आइपुग्नुभएन भने  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव फेल हुनेछ र सरकार जोगिनेछ । शाही नआउँदा अविश्वासको प्रस्तावको लागि आवश्यक ३१ मत पुग्दैन ।

नेपाली कांग्रेसका १५, नेकपा ९माओवादी केन्द्र०का ११, जसपाका दुई गरी २८ सांसदले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जनमोर्चाले निर्णय गरेपछि यहाँ सरकार ढल्ने स्थिति देखिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : ५६ बजे