‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

सुनसरी – सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका-१० मधुमारा टोल बस्ने सरोज कुमार साहलाई शनिबार प्रहरी पक्राउ गरेको छ ।

गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका-१२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा वा.१० च ५५७३ न्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका-११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका-१ बाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ११ बजे