दलित गाउँका पहिलो शिक्षक

सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै

काठमाडौँ– सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे गठबन्धनका शीर्ष नेताको उपस्थितिमा उक्त कार्यविधि सार्वजनिक गरिने तयारी भएको सत्तारुढ गठबन्धनका एक नेताले बताए ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ३८ बजे