देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरलाई

काठमाडौँ ।  'भ्वाइस अफ नेपाल सिजन ३' को उपाधि किरण गजमेरले जितेका छन् । 

हिमालय टेलिभिजनबाट प्रसारित 'भ्वाइस अफ नेपाल सिजन–३' को शनिवार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। उनले विजेताका रूपमा वर्ल्ड टुरको मौका समेत पाएका छन्।  किरण टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

​​​​​​​

यसै गरी टिम राजुबाट बागलुङकी तारा श्रीष मगर, टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ  र टिम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् ।  यी तीनै जना फाइनलिस्टले द भ्वाइसको ट्रफी प्राप्त गरेका छन् । 

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीहरूले उनीहरूलाई भोट गरेका थिए ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ०६ बजे