दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कालीकोटमा १० दिन निषेधाज्ञा थपियो 

मान्म । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । 

उहाँका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन ।

कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटक पटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २४ बजे