साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शनिबार थपिए ३,२१८ संक्रमित, १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप तीन हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार २१८ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ८६६ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार २३१ र चार हजार ७०७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु  भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ७२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

हाल देशभर कोरोनाका ३५ हजार ४३२ सक्रिय संक्रमित छन ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : २९ बजे