साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एसईईको नतिजा आजै आउने , यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएको नतिजा प्रमाणित गरेर बोर्डलाई शनिबार नतिजा प्रकाशन गर्न लागेको हो । 

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

बोर्डले इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यस्तै, नेपाल टेलिकममार्फत् १६०० एनसीएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ । 

बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

नतिजा हेर्न सकिने वेबसाइटहरु:-

www.see.gov.np

www.neb.gov.np

www.theconnectplus.com

www.see.edusanjal.com 

www.see.ntc.net.np 

www.ricell.axiata.com
 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : ०६ बजे