‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुग्यो

काठमाडौँ । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

जापानले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान ९ः०० बजे पाँच लाख १३ हजार डोज खोप काठमाडौँ आइपुगेको हो ।

एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

सरकारले कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : ११ बजे