दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सबै परीक्षा स्थगन गर्न सिफारिस

काठमाडौँ – कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताउनुभयो । 

    मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।  कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी छ । 

रासस

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : ०३ बजे