‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध  

सिन्धुपाल्चोक । लगातार बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

मेलम्ची नगरपालिका वडा नं.१३ मेलम्ची–जिरो किलो सडक खण्डस्थित फटकशिला आज बिहान ०६ः५० बजेको समयमा ठाडो पहिरोमा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो भरी मेलम्चीतर्फ जाने बाटो पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सहजताको लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो । 

अहिले मेलम्चीबाट काठमाडौँ र काठमाडौँबाट मेलम्ची आएका सावरी साधन र यात्रु अलपत्र परेको स्थानीय शालिग्राम घोरासैनीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ५६ बजे