काठमाडौं– नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिनुभएको छ ।
विष्टले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिनुभएको हो । विष्टले आफूले स्वइच्छुक रूपमा राजीनामा दिएको बताउनुभयो । ‘मैले मन्त्रालयमा गएर आज स्वइच्छुक रूपमा पदबाट राजीनामा दिएको छु,’ विष्टले चक्रपथसँग भन्नुभयो ।
विष्टलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो ।
प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार ५ : २७ बजे
प्रतिक्रिया