दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भूमी आयोग खारेजको विरोधमा व्यापक प्रदर्शन, पुनस्र्थापित नभएसम्म आन्दोलन गरिने

काठमाडौं । युवा संघ नेपालले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा ब्यापक प्रदर्शन गरेको छ ।

युवासंघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरे । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमीसम्बनधी समस्या अनत्य गर्ने भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो ।

आयोगले तिव्ररुपमा काम गरी जग्गा वितरण गर्ने तयारी गरीरहेका बेला नयाँ सरकारले १९ साउनमा आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको कदमबाट भूमिहिन सुकुम्बासीको जग्गा पाउने आशामा तुषारापात भएको छ । आयोग पुनस्र्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ५ : २६ बजे