दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

 सुरेन्द्र पाण्डे र योगेश भट्टराईले छोडे माधवको साथ 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको स्थायी कमिटीको बैठकमा नेताहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित हुनुभएको छ । 

बिहीबार दिउँसो बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा राखिएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा दुवै नेता अनुपस्थित हुनुभएको हो । पाण्डे एमाले विवाद समाधान गर्न जेठ २ मा गठन गरिएको कार्यदलका सदस्य समेत हुनुहुन्छ । भट्टराईले सेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने प्रस्तावमै विपत्ती राखेर धेरै समयअघि नै नेता नेपालको साथ छोडिसक्नुभएको छ । 
पार्टीका बरिष्ठ नेताहरुले पछिल्लो समय माधव नेपाललाई पार्टी एकतावद्घ गर्न दवाव दिइरहनु भएको छ । नेपालले पार्टी विभाजन गर्न खोजेको भन्दै उहाँहरुले कार्यदलले तयार गरेको सहमती दुबै पक्षले मानेर पार्टीलाई एकतावद्घ गर्नुपर्ने अडान लिँदै आइरहनुभएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  २ : ५३ बजे