दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘बच्चा हुन् र जबरजस्तिगर्न, उहाँकै प्रस्तावमा मुख्ममन्त्री निवास लगेको हुँ’ : सचेतक ढकाल

काठमाडौं । लुम्बिनीकी प्रदेशसभा सांसद विमला वलीले आफूलाई जबरजस्ती मुख्यमन्त्री कार्यालय पुर्‍याएर ५ दिनसम्म बन्धक बनाइएको भनेर लगाएको आरोप एमालेले अस्वीकार गरेको छ । पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकालले वलीकै प्रस्तावअनुसार आफूले उहाँलाई मुख्यमन्त्री निवासमा पुर्‍याइएदिएको बताउनुभएको छ । प्रदेशसभा सदस्य वलीले आफूलाई मुख्यमन्त्री कार्यालयमा साउन १६, १७ र १८ गतेसम्म बाहिर निस्कन नदिईकन दबाब दिएर राखिएको आरोप लगाउनुभएको थियो । आज पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएपछि सचेतक ढकालले बन्धक बनाइएको कुरालाई अस्वीकार गर्नुभएको छ। दुई दिनअघि निकालिएको विज्ञप्तिमा वलीले आफ्नै राजीखुसीले हस्ताक्षर गरेको उहाँको दावी छ । सचेतक ढकालले भन्नुभयो, ‘बच्चा हुन् र जबरजस्तिगर्नलाई ? उहाँको दिदी र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । कहाँबाट आयो अपहरणको कुरा ?’

मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, जबरजस्ती हस्ताक्षर गराइएको लगायतका सबै आरोप वाहियात भएको उहाँको दावी छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  २ : ४२ बजे