दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाल समूहलाई अध्यक्ष ओलीको तर्फबाट गर्नुपर्ने, भन्नुपर्ने सवै काम सकिएको छ : डा.भट्टराई 

काठमाडौं । नेकपा एमालेका नेता डा.राजन भटटराईले माधव नेपाल समूहलाई ओली पक्षबाट भन्नु पर्ने र गर्नु पर्ने काम सबै गरिसकेको बताउनुभएको छ । एक कार्यक्रममा बोल्दै डा.भट्टराई ले भन्नुभयो, उहाँहरुले हिजो उठाँउनु भएको सहमतिका बिषयहरु यो यो हुन् भनेर १० बुँदे सहमतिमा संशोधन भइसकेको छ, सबै बिषय हरुको सम्बोधन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिसक्नुभएको छ । तर नयाँनयाँ कुरा थपिरहनुले के आशंका जन्माएको छ भने उहाँहरु सहमति भएका विषयमा उभिन तयार हुनुहुन्न । आफ्नै प्रतिनिधिले हस्ताक्षर गरेको विषयमा माधव नेपाल किन प्रतिबद्ध हुनुहुन्न ? किन पटक पटक बोली फेरिरहनुभएको छ ? किन ब्याक हुँदै जानुभएको छ ? भटटराईको प्रश्न थियो ।

केपी ओलीको नेतृत्वमा पार्टी पहिलो निर्णायक शक्ति र दुई तिहाइ मतसहितको सरकार बनाएको दाबी गर्दै डा भट्टराईले पुष्पकमल दाहाल प्रचण्डको महत्वाकांक्षा र माधव नेपालको पराजय स्वीकार्न नसक्ने स्वभावका कारण समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘दुवै नेताले अब भविष्य धरापमा पर्छ भनेर सरकारलाई घेराउमा पारे, सबै खाले शक्ति एकै ठाउँमा उभिएर जननिर्वाचित निकायबाट सम्भव नभएपछि अदालतबाट विस्थापित गराए ।’ अहिलेको संसद् र सरकारले कुनै पनि निकास नदिने भएकाले ताजा जनादेशमा जानुपर्ने नेता भट्टराईको तर्क थियो।

अध्यक्ष ओलीले पार्टीको नेतृत्व २०७१ को नवौँ महाधिवेशनबाट सम्माल्नु भएपछि कहिल्यै पहिलो नहुने पार्टीले जुनखालको उचाई प्राप्त गरयो केपी ओलीको नेतृत्वमा नेकपा एमाले यस्तो भइरहयो भने अरुको भविस्य चाहिँ धेरै अन्योल हुने भन्दै यो हर्कत उनिहरुले सुरु गरेको भट्टराईको दावी थियो । अध्यक्ष ओली सत्तामा रहुन्जेल नेतृत्व हत्याउन निकै समय लाग्ने र फेरि आफु बन्न पाउने कि नपाउने चिन्ताले सवै षडयन्त्रकारीहरु मिलेर ओलीलाई घेरावन्दी गरेको उहाँले टिप्पणी गर्नुभयो ।

सुशिल सुवेदी

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १ : २५ बजे