साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेकपा एमाले एक हुन्छ कि टुक्रिन्छ ?

नेपालमा कम्युनिष्ट पार्टीहरु मिल्नु र टुक्रिनु कुनै नयाँ कुरा होइन । मिल्दा सबै क्रान्तिकारी, अग्रगामि, देशभक्त नमिल्दा सबै गद्दार, तानाशाह, भ्रष्ट, स्वार्थि, पदलोलुप आदिआदि । हुन त कम्युनिष्ट र गैर कम्युनिष्टमा अब कुनै फरक देखिन छाडेको छ । 

कम्युनिष्ट पार्टीको झण्डा फरक छ । सिद्धान्तका लफ्फाजि कुरा बाकि छन् तर चरित्रमा कुनै भिन्नता हुन छाडेको छ । कम्युनिष्ट र गैरकम्युनिष्ट पार्टीका नेताहरुको चरित्र, जीवनशैली, आदर्श, मुल्य, मान्यता आदिमा जनताले फरक छुट्याउन छाडेका छन् । राम्रा आदर्शवान, शिद्धान्तनिष्ट केही नेता अभैm कम्युनिष्ट पार्टीमा पनि छन् र गैर कम्युनिष्ट (विशेष गरि नेपाली काँग्रेस) मा पनि छन् ।

कम्युनिष्ट र गैरकम्युनिष्ट दुबैतिर पार्टीमा शिद्धान्तनिष्ठ र व्यवहारिक नेता पाखा लाग्दै गरेको अवस्था छ भने बदनामी कमाएका ठेकेदार, दलाल, कर छलिमा बदनाम भएका व्यपारी, क्रसर उद्यमी, जग्गाका व्यपारी (दलाल), भ्रष्ट र कामचोर ‘राष्ट्रसेवक’ आदिको पकड बलियो बन्दै गएको छ । किनकि पार्टी र पार्टी नेतालाई पैसा चाहिन्छ र पैसा यस्ताले सहजै दिन सक्छन् । नेतालाई किन पैसा चाहिन्छ भने धेरै नेता पेशा विहिन र बेरोजगार छन् ।

अहिले पार्टीहरुमा सिद्धान्तका कुरा हुदैनन् तर पार्टीलाई आर्थिक सहयोग गर्नेहरुको चर्चा हुन्छ । नेताहरुसँग आफ्नो पार्टीको संगठनात्मक संरचना कत्तिको चुस्तदुरुस्त र चलायमान छ भन्ने रेकर्ड छैन तर पार्टीले अवसर पाउदा कसकसलाई मन्त्री बनाउने, कसकसलाई बिभिन्न अवसर दिनै पर्ने हो त्यसको लिष्ट नेताका गोजिमा हुन्छ ।

अहिले पार्टी नेताका वरिपरि पार्टीका कार्यकर्ताको भन्दा पनि नेताका समर्थकहरुको भिड हुन्छ । पार्टीका मुख्य नेतादेखि दोश्रोतह, तेश्रोतह हुदै वडावडामा पार्टीका कार्यकर्ताभन्दा नेताका समर्थक धेरै भेटिन्छन् । आज नेताका समर्थक भएकाहरु हिजोसम्म पार्टीका कार्यकर्ता थिए । ती कहिलेदेखि पार्टीका कार्यकर्ताबाट नेताका समर्थक र कार्यकर्ता भए तिनलाई नै थाहा छैन । 

पार्टीका कार्यकर्ता हुन पार्टीको नीति, सिद्धान्त, उद्देश्य, कार्यक्रम बुझ्नुपर्छ । थाहा पाउनु पर्छ । त्यहाँ व्यक्तिगत स्वार्थ गौण हुन्छ र समाज, पार्टी एवं देशको स्वार्थ प्रधान हुन्छ । पार्टीका नेताले पार्टीका लागि, देशका लागि काम गर्छन् र पार्टीका कार्यकर्ताले तिनै आदर्शलाई पक्ष्याउछन् । पार्टीका कार्यकर्ताले जनताको बिचमा बसेर जनहितका लागि काम गर्नुपर्छ । जनताको मन जित्नुपर्छ । जनबिरोधि चरित्र भएका मानिससँग तिनको अन्तविरोध हुन्छ । पार्टीका कार्यकर्तासँग जनताको भरोसा हुन्छ, विश्वास हुन्छ ।

यस्ता कार्यकर्तामा नैतिक आचरण हुन्छ, पार्टीको आदर्श प्रतिबिम्वित हुन्छ, जीवनशैली सामान्य र पारदर्शी हुन्छ, जनताका पक्षमा वकालत गर्न सक्ने नैतिक बल हुन्छ । जनहितका लागि संघर्ष गर्ने, दुखः सहने क्षमता हुन्छ । पार्टी र जनहितको काममा लागि रहदा प्राप्त हुने अवसरलाई जिम्वेवारीको रुपमा लिन्छन् र यस्तो जिम्वेवारीलाई सकेसम्म पार्टी र जनताको पक्षमा उपयोग गर्ने सङ्कल्प हुन्छ । यस्तैयस्तै नेता र कार्यकर्ताका कारण राजनीतिक पार्टी प्रति जनताको आस्था र विश्वास टिकेको हुन्छ ।

नेताको कार्यकर्ता हुन सजिलो छ । यस्ता कार्यकर्ताले जनतामा जानु पर्दैन, नेताको वरिपरि चक्कर लगाउने, नेतालाई मन पर्ने कुरा सुनाउने, आफ्नो योग्यता प्रस्तुत गर्न अलि महङ्गा उपहार नेताका परिवारलाई भेट गर्ने गरे पुग्छ । जनतासँग अन्तर्विरोध भएका जनविरोधि चरित्रका मानिससँग दुश्मनी गर्नु पर्दैन बरु दोष्ति गर्दा नै फाइदा हुन्छ । 

नेता पहिला पहिला पार्टीकै लागि काम गर्थे, देश र जनहितका कुरामा धेरै ध्यान दिन्थे । यो सत्य हो । अहिलेको पुस्ताका धेरैलाई यो सत्य पत्याउन मुस्किल पर्छ । अहिले पार्टीको माथिल्लो पदमा बसेका धेरै नेताको राजनीतिक जीवन पञ्चायतकालमै शुरु भएको हो । त्यो बेला यस्ता लाभका पद पाउने कुनै सम्भावना नै थिएन । पार्टीमा लागेवापत धनसम्पति गुमाउनु पथ्र्यो, कुटाई खानु, मुद्दा खेप्नु र जेल जानु पथ्र्यो । कतिपय अवस्थामा मारिन पनि सकिन्थ्यो । यस्तो समयमा राजनीति शुरु गरेका मानिसले अहिलेको जस्तो लाभको पद पाउछौं भन्ने कल्पना नै थिएन । 

तर, अहिले यिनै नेता पद र अवसर बिनाको राजनीति गर्दै गर्दैनन् भन्दा अत्युक्ति हुदैन । पदको राजनीति गर्न पार्टीका नेताले व्यक्तिगत मुल्य, मान्यता, शिद्दान्त, आदर्श सबै छाडेका छन् । व्यक्तिगत आदर्श र मुल्य विनाको राजनीति जसले गरिरहेका छन् तिनका लागि पार्टीको आदर्श, सिद्धान्त, मुल्य, मान्यता, जनहित र देशहितका कुरा केवल सार्वजनिक खपतका लागि चर्चा गरिने विषयमात्र हुन् ।  

नेपालमा जो जतिबढी ‘क्रान्तिकारी’ (उग्र) त्यति नै बढी र छिटो राजनीतिक पतनको बाटोमा हिँडेको देखियो । यो सबैको कारण तिब्र भोगको इच्छा हो, व्यक्तिगत स्वार्थमा लिप्त भएको अवस्था हो । 

पार्टीका कार्यकर्ता नेताका समर्थक र कार्यकर्तामा रुपान्तरण भएपछि पार्टी मोर्चा जस्तो हुन थाल्छ । नेतालाई बलियो बनाउन धमाधम पार्टीका कार्यकर्तालाई नेताको समर्थक वा कार्यकर्ता बनाउने अभियान थालिन्छ । यही काम सबै पार्टीमा भईरहेको छ । यो काम कहिले अलि बढी सक्रिएताका साथ हुन्छ र कहिले अलि कम गतिमा । 

पुर्वपञ्चहरुको पार्टी राप्रपा (विभिन्न नामको), मधेशवादीहरुको दल र माओवादी पार्टीले संसदिय अभ्यासमा आपूmलाई चलायमान गराए पनि पार्टी बन्ने प्रक्रिया पुर्ण भइसकेको भान हुदैन । त्यसैले ती पार्टी अलि चाडै फुटछन् । नेपाली कांग्रेस र नेकपा एमाले पार्टी अरुको तुलनामा अलिबढी अभ्यास गरेको र यो व्यवस्थामा अरुकोभन्दा बढी नै आस्था एवं विश्वास भएकाले पार्टी फुटन फुटाउन अलि कठिन छ । फेरी यी दुवै पार्टी बहुदलिय अभ्यासमा आइसके पछि एक एक पटक फुटिसकेका हुन् । फुटेर जानेको हविगत के हुन्छ व्यवहारमा नै थाहा पाइसकेका छन् ।

त्यसैले निकै ठुलो झट्का लाग्दा पनि फुटन वा टुक्रिन सकेका छैनन् । त्यसैले पार्टी होइन मोर्चाजस्तो भएर पनि बर्षौंदेखि सँगसगै बसेका छन् । एउटै पार्टी जस्तो देखिन्छन् तर वास्तवमा पार्टीभन्दा बढता मोर्चा जस्ता हुन पुगेका छन् । यी दुइवटै पार्टी (नेपाली कांगे्रस र नेकपा एमाले)मा पार्टीका कार्यकर्ता भुईँतहमा अलि बढी नै छन् । त्यसैले पनि यिनलाई फुटनबाट जोगाएको छ । भुईँतहभन्दा माथि पार्टीका कार्यकर्ता कमै भेटिन्छन् ।

त्यहाँ नेताका समर्थक एवं कार्यकर्ता धेरै भेटिन्छन् । नेता पनि माउ नेताका कार्यकर्ता भएका छन् । सारमा भन्दा नेपालमा भएका पार्टीहरुको अवस्था राम्रो छैन, यिनको भविश्व पनि राम्रो देखिदैन र यिनको विकल्प पनि छैन । त्यसैले कति हानी सहेर, कति अरुलाई बिगारेर, कति आपूm बिग्रिएर सप्रने बाटोमा लाग्ने हुन् त्यसको प्रतिक्षा गर्नु नेपालीको वाध्यता भएको छ । 

अब शिर्षकको विषयमा लागौं । नेकपा एमाले टुक्रिन्छ, फुट्छ वा फुटदैन ? नेकपा एमालेमा क. केपी ओली र क. माधव नेपाल अब एउटै पार्टीमा बस्ने सम्भावना छैन । बसिहालेछन् भने तिनले पार्टीकोभन्दा आफ्नो र आफ्नाको धेरै चिन्ता गर्नुपर्ने छ । किनकि तिनलाई मुख्य नेता हुन आफ्ना वरिपरि हुनेको चिन्ता नगरि धर नै छैन । एउटै पार्टीमा बस्ने सम्भावना लगभग सकिएको छ । दुवै नेताहरु एकअर्कालाई नजिकमा ल्याउने, नजिक जाने अवस्थामा छैनन् । तर पनि पार्टी एकताको कुरा, पार्टी मिलेर जानु पर्ने कुरा गर्न छाडेका छैनन् । यसको मुख्य कारण भनेको पार्टी फुटाएको दोष, पार्टी छाडेर गएको दोष आपूmलाई नलागोस भन्ने बाहेका अरु केही छैन । 

अहिलेसम्मको अवस्थाले प्रष्ट भयो कि नेकपा एमाले फुटदैन । अब प्रश्न के हो भने अबको नेकपा एमालेमा माधव नेपाल हुन्छन् कि हुदैनन् भन्ने हो । मेरो बुझाईमा यदि शसक्त नेकपा एमाले बनाउने हो भने माधव नेपाल विनाको एमाले बनाउनु पर्छ । माधव नेपालले भने जस्तो २०७५ साल जेठ २ गतेको नेकपा एमाले बनाएर पनि पुगेन । अब बराबरी हैसियतका दुई अध्यक्ष –केप ओली र माधव नेपाल, बनाए मात्रै माधव नेपाल एमालेमा रहने भनेपछि यस्तो अवस्था स्विकार्नु भनेको एमाले भित्र दैनिक र अन्तहिन झगडा निम्त्याउनु हो । त्यसैले यो स्विकार्य हुन सजिलो छैन । जानिजानि किन किचलो निम्त्याउनु ? माधव नेपाल पनि प्रष्ट छन् अब केपी ओलीलाई अध्यक्ष मानेर जान सकिदैन । त्यसैले उनी निस्कने बहाना खोजिरहेका छन् । केपी ओलीले माधव नेपाललाई पन्छाउनमा पार्टीको हित देखेकाछन् । यो दुवै नेताको चाहना पुरा हुनेवाला छ । 

अलिअलि समस्या कहाँ हो भने लामो समयदेखि माधव नेपालको पछाडि लागेका चिनिएका, उमेर भएका, सम्भावना बोकेका नेताहरु आपूm एमालेमा नै रहन चाहन्छन् र त्यहाँ माधव नेपाल भएको हेर्न चाहन्छन् । यतिवेला यो तप्काका नेतालाई माधव नेपालकोभन्दा आफ्नो चिन्ता बढता छ, हुने नै भयो । एमालेको पनि माया लाग्छ नै त्यसैले भरसक पार्टी  छाडन चाहदैनन् । नयाँ पार्टी बनाउन सजिलो छैन भन्ने बुझेका छन् ।

नयाँ पार्टी बनिहाल्दा त्यहाँ कहिल्यै किचलो, झमेला हुदैन भन्ने पनि छैन । नयाँनयाँ पार्टीमा त झन् पार्टीका कार्यकर्ता पाउनै मुस्किल हुन्छ त्यहाँ त नेताका समर्थक मात्रै हुने छन् । यस्तो अवस्थामा नेतालाई राजनीतिक साख जोगाउन झन् हम्मे पर्छ नै । माधव नेपाललाई नेता मान्नेहरुले यति कुरा नबुझ्ने कुरै भएन । यति हुदाहुदै पनि यसमध्ये केहीले माधव नेपाल रोज्ने छन् र केहीले नेकपा एमाले । सारमा भन्दा एमाले फुटदैन तर केही नेताले एमाले छाडने छन् । 

अबको नेकपा एमालेमा केही अवधिका लागि केपी ओलीको बर्चश्व कायम रहने छ । त्यसमा कुनै दुईमत छैन । राजनीति थाहा पाएका दिनदेखि केपी ओलीको बिरोध गरेर राजनीतिमा छाएका र आएकाहरुले एमाले छाडेकै राम्रो  हुन्छ। माधव नेपालको पछि लाग्दा उनको पनि कल्याण र एमालेको पनि कल्याण हुन्छ । 

माधव नेपाल राजनीतिक प्राणी नै भएकाले तिनले बाचुञ्जेल राजनीति नै गर्ने छन् । पावर र पोजिशन खोजिरहने छन् । केही समय ज्ञानेद्र पावरमा आउदा प्रधानमन्त्री माग्न दरवारमा निवेदन दिएको इतिहास धेरै पुरानो भएको छैन । अहिलेको अवस्थामा पावरको वरिपरि रहन त्यसका लागि उनलाई एउटा पार्टी चाहिन्छ । शुरुमा नेकपा एकिकृत वा पुनर्गठित एमाले यस्तै नामको पार्टी बनाउने छन् ।

त्यसपछि बृहत बाम एकताको राग र शुरको अलाप लाग्ने छ । यो अलापले पुर्व नियोजित योजना अनुसार प्रचण्डवाला नेकपा माओवादीसँग एकता हुनेछ । त्यहाँ दुई अध्यक्ष हुनेछन् । त्यो बेला माधव नेपालको मुख्य कार्यक्रम आपूm बनिनु होइन, आफ्नो पार्टी बनाउने होइन केपी ओलीले नेतृत्व गरेको एमाले कमजोर बनाउनु हुनेछ । किनकि एमाले कमजोर भयो, केपी ओली कमजोर भएभने उनले एमालेमा पुनर्आगमन हुने र पार्टी कब्जा गर्ने सपना देखेका हुनेछन् । 

केपी ओली नेतृत्वको एमालेले नेताका समर्थक होइन पार्टीका कार्यकता बनाउन ध्यान दिने यो उपयुक्त बेला हो । नेताको चाकडि गरेर पार्टीको शाख कमजोर बनाउनेहरुलाई बेलैमा चिन्ह र लल्कार्न नसक्ने होभने फेरी केही समयमा पार्टीमा फोहर जम्न थाल्ने छ । जनतासँग अन्तर्विरोध भएका, प्रचलित ऐन नियमको बलत्कार गरेर, छिद्रहरुको उपयोग गरेर रातारात धनी हुने र पावरमा पुग्न चाहनेलाई पन्छाउन नसक्ने होभने फेरी पनि यो पार्टी अर्थात एमाले प्रति जनताको विश्वास फर्काउन सजिलो छैन । 

नेपालमा पार्टीहरु किन यति कमजोर, असक्षम र क्षमता विहिन देखिए भने तिनको आन्तरिक व्यवस्थापन एकदमै लथालिङ्ग छ । कुनै विधिबिधानमा चलेनन् । आपैmले बनाएको विधि र कानुनको पालना गरेनन् । पार्टीहरु राज्य चलाउने हैसियतमा हुने हुँदा तिनलाई कसैले अङ्कुस लगाउन सकेनन् । पार्टी भित्रको आन्तरिक कलह र किचलोले गर्दा पार्टीमा पार्टीका कार्यकर्ताभन्दा नेताका समर्थक धेरै भए । नेता, कार्यकर्ताको योग्यता र अयोग्यताको मापदण्ड माउ नेताको समर्थन वा विरोधमा सिमित हुन पुग्यो । नेता स्वार्थि र कार्यकर्ता लोभी भए । 

नेताको संख्याको हिसावले अहिलेको एमाले –माधव नेपाल बाहेकको, केही कमजोर देखिाएला तर एमालेलाई आन्तरिक शुद्धिकरण गरेर जनतामा स्थापित गराउने ठुलो अवसर छ । यो अवसरको सदुपयोग गर्दा पार्टी, नेता, कार्यकर्ता, जनता र देशको हितमा हुने छ । व्यक्तिगत स्वार्थका लागि होइन बृहत हितका लागि अवसरको सदुपयोग गरौं । केपी ओलीको नेतृत्वमा सुदृढ एवं शसक्त एमालेको निर्माण गरौं ।  

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १२ : १८ बजे