‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

छैन पैदल बाटो, जोखिम मोलेर कष्टकर यात्रा गर्दै धुसेनीबासी (फोटो फिचर)

सिन्धुपाल्चोक । दैनिक २०० भन्दा बढी मानिसको आवतजावत हुने बाहुनेपाटी धुसेनीको पैदल बाटो असार १ गते आएको बाढी र ४७ दिनपछि आएको बाढीको भेलका कारण पैदल बाटो कटान गरेको छ । 

भिरको टुप्पोमा रहेको साँघुरो बाटो, यात्रा गर्दा भित्तोमा समात्दै हिड्नु पर्ने अवस्था, बर्सेनि पहिरोको त्रास त छँदै थियो, त्यस माथि पनि हालै आएको खोलाको बहावका कारण त्यो बाटो पनि भत्काएको छ । अस्थायी बाटो कटान गर्दा पैदल यात्रीहरू खोलाका किनारमा बाढीले थुपारेको बालुवामाथी जीवन र मरणको दोसाँधमा आवतजावत गरिरहेका छन । 

पुस्तौं देखि जोखिम मोलेर कष्टकर यात्रा गरीरहेका यस क्षेत्रका शिक्षक, विद्यार्थी तथा स्थानीयहरू बाटोको अवस्था देखेर चिन्तित छन्। सयौं जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको यस बाटोको वैकल्पिक बाटोका विषयमा सम्बन्धित सरोकार वाला व्यक्तिहरु सँग कुरा हुँदा पनि चितबुझ्दो विकल्प नआउँदा स्थानीयहरु अझ बढी आक्रोशित भएका छन्।

यो बाटो नितान्त धुसेनी जोड्ने मात्र नभएर धुसेनी हुँदै अन्य विभिन्न ठाउँमा जाने पैदलयात्रीले प्रयोग गर्ने अत्यावश्यक बाटो भएको हुँदा सरोकारवाला सम्बन्धित सबैको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।

तस्विर : विशाल आचार्य

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १२ : १४ बजे