दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भूमि आयोग विघटनविरूद्ध युवा संघले आज प्रदर्शन गर्ने

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले आज प्रदर्शन गर्ने भएको छ ।

युवा संघले मनोहरास्थित सुकुम्बासी बस्तीमा आज दिउँसो  ३ बजे प्रदर्शन गर्न लागेको हो । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको जनघाती निर्णय विरुद्ध उत्रन युवा संघले सबैमा आव्हान पनि गरेको छ ।

गठबन्धन सरकारले साउन १९ गते सो आयोग विघटन गर्ने निर्णय गरेको थियो । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरणको चरणमा पुगेका बेला देउवा सरकारले आयोग विघटन गरेको हो । 

प्रमुख प्रतिपक्षी एमालेले सो निर्णय तत्काल फिर्ता लिन सरकारको गम्भी ध्यानाकर्षण गराएको छ । आयोग विघटन गर्ने निर्णयले वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन भन्ने पुष्टि गरेको एमालेको ठहर छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ९ : ५३ बजे