‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जापान सरकारले उपलब्ध गराउने खोपको पहिलो खेप शनिबार नेपाल आइपुग्ने

काठमाडौँ । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ ।

आज र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले बुधबारसाँझ एक विज्ञप्ति जारी गरी जनाएको छ ।

बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुटा युराकाले व्यक्त गर्नुभएको छ । 

महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुटाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ७ : ५० बजे