दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘मैले माओवादीमा जान्छु भनेको छैन, केही मिडियाले नचाहिदो भ्रमको खेती गरे’ : रायमाझी

काठमाडौं । नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले प्रचण्ड समर्थक केही मिडियाले भ्रमको खेती गरेको आरोप लगाउनु भएको छ । आफुले माओवादीमा जाने कुरा नगरेको र नजाने बताउँदै यस्तो खालको भ्रम नफैलाउन उहाँको आग्रह थियो ।

एक टेलिभिजन कार्यक्रममा बोल्दै रायमाझीले भन्नुभयो,–‘मैले एमालेको नेता होइन, माओवादीको नेता हुँ भनेर कहाँ बोले ? मैले बोलेको प्रमाण छ ? आफुले बोल्दै नबोलेको कुरालाई केही मिडियाले उचालेको उहाँको तर्क थियो । अदालतले राजनीतिक दलहरुलाई दिएको निर्देशनप्रति आक्रामक हुनुभएका रायमाझीले प्रश्न गदै भन्नुभयो,–‘अदालतले एमाले एमालेमै जाउँ, माओवादी माओवादीमै जाउँ भन्न मिल्छ ? अदालतले त यो पार्टीमा जा, त उ पार्टीमा आईज, आफनै पार्टीका नेतालाई प्रतिपक्षलाई सिग्नेचर गरेर प्रधानमन्त्री बनाउ भन्न मिल्छ  ? प्रचण्डले केपी ओलीलाई प्रथम अध्यक्ष मानिसकेपछि पार्टी एकतामा नलागेर बखेडा झिक्दै प्रतिपक्षको नेतालाई समातेर हिड्नु गलत भएको उहाँको टिप्पणी थियो ।

प्रधानमन्त्रीको अधिकारलाई कुण्ठित गरेर, राष्ट्रपतिको अधिकारलाई  कुण्ठित गरेर, व्यवस्थापिकाको अधिकारलाई कुण्ठित गरेर, सर्वोच्च अदालतले जनादेशबाट आएको प्रधानमन्त्रीलाई हटाउनु ठुलो गल्ती भएको उहाँको तर्क थियो । ‘परमादेशबाट टिको लगाएर पठाएको प्रधानमन्त्री त्यो पनि ह्विप नलाग्ने यो नेपालको इतिहासमा मात्र हैन विश्वको इतिहासमा नमिल्ने घटना हो ।’ रायमाझीले भन्नुभयो । यदि ७६(५) मा ह्विप नलाग्ने हो भने २,३,४ त्यसको औचित्य के हुन्छ ? अहिलेको व्यवस्था पञ्चायत कालको जस्तो भयो, आजको दलिय व्यवस्थामा ह्विप लाग्छ रायमाझीले भन्नुभयो ।

विशाल आचार्य

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ५ : १३ बजे