दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सर्वोच्चद्वारा जसपाको आधिकारिकता दिने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दिएको  आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

 महन्थ ठाकुरले निर्वाचन आयोगले साउन ११ गते यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि  साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो।

बुधबार प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै यसअघि ठाकुरले दायर गरेको त्यही विषयसँग सम्बन्धित रिट निवेदन सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो।

निर्वाचन  आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको प्रकृयालाई अवलम्बन गरी दलको आधिकारिकताको विवाद निरुपण गरेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपरेको सर्वोच्चको आदेशमा उल्लेख छ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ०५ बजे