दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पुनः बस्दै

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक पुनः आज बस्ने भएको  छ । 

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन भन्दै मङ्गलवार पनि सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसेको थियो । 

आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले बताउनुभयो । 

पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेता द्वय मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ । 

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै  मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : १८ बजे