दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राजस्व छली गरेको अभियोगमा मुद्दा

काठमाडौँ – राजस्व अनुसन्धान विभागले मोबाइल पसलबाट राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–९ रुपन्देहीका विष्णु ज्ञवालीविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार एभरेष्ट मोबाइल सेन्टरका सञ्चालक ज्ञवालीले फर्ममा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको पाइएपछि अनुसन्धान शुरु गरिएको थियो । 

    यस्तै ज्ञवालीले पेश गरेको विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु बिक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरीको मालवस्तु बिक्री गरेको पाइएको छ । विभागका अनुसार ज्ञवालीविरुद्ध बिगोबमोजिम रु सात करोड ३७ लाख ७५ हजार ५७६ र त्यसको शतप्रतिशत जरिवानासमेत हुने गरी मुद्दा दायर गरिएको जनाएको छ । 

रासस

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ४५ बजे