साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि

गोरखा । गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको जनाएको हो । त्यस्तै संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ ।

मंगलवारको बैठकमा एमालेका पहारीले  पीसीआर परीक्षणबिना बैठक राखिएको भन्दै आपत्ति जनाएका थिए । उनले सबै सांसद र कर्मचारीको परीक्षण नगरी सदन चल्न नहुने बताएपछि परीक्षण गर्दा उनलाईपनि संक्रमण देखिएको हो । उनीहरूले पिसिआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गरेका थिए।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावमा आज मतदान गर्ने कार्यसूचि छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ५६ बजे