‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

काठमाडौं– शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका १० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आयोगको सदस्यहरूमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र काठमाडौं महानगरपालिका ९ कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त हुनुभएको छ ।

आयोग झण्डै एक वर्षदेखि पदाधिकारीविहीन रहेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे