‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्ग बस्ने ६२ वर्षीय ठाकुर प्रताप थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ भदौ ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३९ लाख ९६ हजार ४ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो । थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी देव विकाश बैकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ५ : २८ बजे