साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वीर अस्पतालको प्रमुखमा डा.भुपेन्द्र बस्नेत नियुक्त

काठमाडौं । सरकारले डा भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रिय वीर अस्पतालको प्रमुखमा नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले आज बस्नेतलाई कोभिड युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरेको बताए । स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले बस्नेतलाई उक्त जिम्मेवारी दिएका हुन्।

सोमबार राज्यमन्त्री उमेश श्रेष्ठलेकोभिड युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरमा कार्यरत डा रुद्र मरासनीलाई जिम्मेवारी दिने निर्णय गरेका थिए। तर प्रधानमन्त्री देउवाले सो निर्णय रोक्न मन्त्रालयलाई निर्देशन दिएपछि सो सरुवा रोकिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ३८ बजे