दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

देउवा गठबन्धनको मात्र प्रधानमन्त्री, उहाँसंग धेरै अपेक्षा गर्न सकिंदैन  :डा.दीक्षित 

काठमाडौं । राजनीतिक विश्लेषक डा.सुन्दरमणि दीक्षितले वर्तमान सरकार गठबन्धनको सरकार मात्रै भएको दाबी गर्नुभएको छ । एमाले भित्रको विवादले देउवा बाध्यताले प्रधानमन्त्री बनेको प्रति टिप्पणी गदै उहाँले भन्नुभयो, –‘ देउवा बाध्यता वस प्रधानमन्त्री बनेका हुन्, उनलाई त प्रधानमन्त्री बन्न मनै थिएन नि ! चार पाँच दल मिलेको छ , अहिले त देउवालाई प्रधानमन्त्री भएकोमा हानि छ भन्या ! कांग्रेसलाई पनि मन परेकै छैन ।’ 

एक रेडियोलाई अन्तरवार्ता दिने क्रममा दीक्षितले देउवाबाट धेरै आशा गर्न नसकिने बताउनुभएको हो । उहाँले भन्नुभयो, देउवाले पटक पटक सरकारको नेतृत्व गरेको हेरेकै हो, उनको कामै छैन, डेढ वर्षका लागि प्रधानमन्त्री भाको छ, त्यहि पनि गठबन्धनबाट यो त महाकमजोर प्रधानमन्त्री हो । ’

बहुमत भएको दललाई त मन्त्री बनाउन कति सकस हुन्छ,अब यहाँ त चार चार वटा दललाई मिलाउन पर्ने छ हेनुस्त ! २२ दिन भईसक्यो मन्त्री छान्न सकेको छैन होइन ! उहाँले भन्नुभयो ।  प्रचण्डले त ४९ जना सांसदलाई मन्त्री बनाउन पर्यो भनेर टाउकोमा हात लगिसके, सबैलाई लोभ भएरै गठबन्धन चलाएको उहाँको आरोप छ । दीक्षितले भन्नुभयो,–‘यहाँ मुलुक र जनताको त मतलब नै छैन, आफु मन्त्री भएर पावरमा बस्न पाए भयो, भन्ने मात्रै छ ।’ भ्रष्टाचारमा नम्बर वान, चाकरीमा नम्बर वान, लोभिमा नम्बर वान यस्ताबाट देश बन्छ ! मलाई भन्नुस त ? उहाँको प्रश्न थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १ : १८ बजे