दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यस्तो छ विष्णु पौडेलको जिम्मेवारी रहेको संगठन विभागको टीम

काठमाडौं ।  नेकपा एमालेले पार्टीलाई नयाँ गतिसाथ अगाडि बढाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गति साथ अगाडि बढाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टीलाई नयाँ गति दिनकै लागि वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय भएको बताउनुभयो ।  त्यस्तै बैठकले ९ वटा विभाग गठन गरेको पनि ज्ञवालीले जानकारी दिनुभयो । संगठन विभागको प्रमुखको जिम्मेवारी उपमहासचिव विष्णु पौडेलले पाउनु भएको छ । संगठन विभाग हाललाई १४ सदस्यीय बनाइएको छ ।

यस्तो छ संगठन विभाग टीम

१ . संगठन विभाग
१ . विष्णुप्रसाद पौडेल — प्रमुख 
२ . पिएस गुरुङ्ख — सदस्य 
३ . टोपबहादुर रायमाझि — सदस्य 
४ . शंकर पोखरेल — सदस्य 
५ . लेखराज भट्ट — सदस्य 
६ . किरण गुरुङ्ख — सदस्य 
७ . रघुवीर महासेठ — सदस्य 
८ . यामलाल कँडेल — सदस्य 
९ . काशीनाथ अधिकारी — सदस्य 
१० . भानुभक्त ढकाल — सदस्य 
११ . पद्मा अर्याल — सदस्य 
१२ . डा.शिबमाया तुम्वाहाम्फे — सदस्य 
१३ . ज्ञानबहादुर भूजेल — सदस्य सचिव 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ०७ बजे