‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पीसीआर गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो ।

एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको  कांग्रेसले जनाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आजको बैठकमा १४ औं महाधिवेशनको तयारी, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ।
 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ११ बजे