साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

पारस खड्काद्वारा अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा

काठमाडौं – पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

पूर्वकप्तान खड्काले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट आफुले सन्यास लिएको घोषणा गरेका हुन्।

पारसले सन् २००४ बाट क्रिक्रेट खेल्न सुरु गरेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्ने मौका पाएको थियो भने एक दिवसिय मान्यता हासिल गरेको थियो ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ’ – भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्  ।

 

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ३१ बजे