दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले अध्यक्ष ओली र माधव नेपालबीच आज भेटवार्ता हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार हुनुभएको हो । नेता नेम्वाङले भन्नुभयो, “ मंगलबार दुई नेताबीच भेटवार्ता हुने करिब पक्का भएको छ, तर समय र स्थान तय हुन बाँकी छ ।” साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो ।

नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो । सोमबार बसेको सो पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो । दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी हुनुभएको बताइएको छ ।

एमालेको हिजो बसेको स्थायी कमिटी बैठकले नौ वटा केन्द्रीय विभाग गठन गरी संयोजक तोकेको थियो । त्यसको भोलिपल्ट दुई नेताहरुबीच भेटवार्ता गर्ने समय तय भएको नेता नेम्वाङले बताउनुभयो । भेटवार्तामा दुई नेताहरुबीच आन्तरिक विवादको न्यूनतम सहमतिका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ३५ बजे