दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमालेले गठन गर्‍यो ९ वटा विभाग, स्कुल विभागको प्रमुखमा ओली

काठमाडौँ– नेकपा एमालेले ९ वटा विभागहरु गठन गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले विभागहरु गठन गरेको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ भने स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।

त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन् । त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र  स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ४७ बजे