‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोकिन सहित ९ जना पक्राउ

काठमाडौं – १ केजी १२ ग्राम अवैध लागूऔषध कोकिन सहित ९ जनालाई विभिन्न स्थानबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं रानीबारी बस्ने ४३ वर्षीया अन्जु थापा मगर, ३९ वर्षीया मुना तामाङ गुरुङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीया रायल थापा मगर,गोरखा बारपाक सुलिकोट गाउँपालिका-५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ, भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका ३९ वर्षीय सन्दिप पटेल, धादिङ निलकन्ठ नगरपालिका-११ बस्ने २७ वर्षीय मिराज ढकाल, काठमाडौं महानगरपालिका-१३ बस्ने ४९ वर्षीय सुदन शाक्य र धादिङ निलकन्ठ नगरपालिका-११ बस्ने २७ वर्षीय मछिन्द्र धमला रहेका छन् ।

पक्राउ मध्ये सुरोजलाई साउन १० गते चितवन भरतपुर महानगरपालिका-७ प्रेमवस्तीबाट पक्राउ गरी काठमाडौं तारकेश्वर नगरपालिका-८ गौरीगाउँबाट ६ सय ८३ ग्राम अवैध लागूऔषध कोकिन, नगद ३ हजार ५ सय ७५ रुपैयाँ र १ थान डिजिटल तराजु बरामद गरेको थियो भने अन्जुलाई साउन १० गते काठमाडौं रानीबारीबाट ३ सय २९ ग्राम अवैध लागूऔषध कोकिन र नगद ७ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो । साथै काठमाडौं रानीबारीबाट मुना, रक्की, रायललाई साउन १० गते, काठमाडौं टोखा नगरपालिका-८ जालपा चोकबाट सन्दिपलाई १ थान डिजिटल तराजु सहित साउन ११ गते, काठमाडौं महानगरपालिका-२६ गल्कोपाखाबाट मिराजलाई साउन ११ गते, काठमाडौं महानगरपालिका-२३ झोंछेबाट सुदनलाई नगद ३५ हाजर रुपैयाँ सहित साउन १३ गते र काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट मछिन्द्रलाई साउन १४ गते पक्राउ गरेको हो ।

यस अघि लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले साउन ७ गते काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित होटलमा अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न ४ जनालाई ५ सय ग्राम अवैध लागूऔषध कोकिन र २ केजी ४ सय ग्राम सुन जस्तो देखिने धातु सहित पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न ९ जनालाई समेत पक्राउ गरिएको उक्त ब्यूरोले जनाएको छ ।

उनीहरु उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद लिई थप बिस्तृत अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ३६ बजे