दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सूर्य चिह्नबाट प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किइन् लुम्बिनीकी प्रदेश सांसद वली (विज्ञप्तिसहित)

काठमाडौं । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।

सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । सवारी दुर्घटनामा ज्यान गुमाएका प्रदेश सांसद उत्तरकुमार वलीको निधनपछि विमला वलीलाई पार्टीले टिकट दिएपछि उनले चुनाव जितेकी थिईन् । 

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ३३ बजे