दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

लुम्बिनीमा विपक्षी दलद्धारा संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न माग

काठमाडौं । लुम्बिनी प्रदेशमा कांग्रेससहितका विपक्षी गठवन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर दलका सांसदहरुले १६८ को २ अनुसार नयाँ सरकार गठन गर्न समावेदनसहित माग गरेका हुन् । गठवन्धनले मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भएपनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न माग गरेका हुन् ।

विपक्षी गठवन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्य मान्यता, विधि अनुसार सरकार गठन नभएकाले संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाउनु माग गरेका हुन् ।

लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले संविधानको १६८ को उपधारा २ बमोजिमको सरकार गठन गर्न माग गर्नुभयो । प्रदेश सभामा विपक्षी गठवन्धनमा रहेका ४१ सांसदले हस्ताक्षर गरेको पत्र समेत बुझाइएको छ ।

लुम्बिनी प्रदेशको संसदीय अंकगणितमा नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । संसदमा ८७ जना सांसद रहेकोमा कारवाही, राजीनामाले त्यो संख्या घटेर अहिले ८० सदस्यमा झरेको छ । संसदमा नेकपा एमालेका ३८ सांसद छन् । प्रदेश सरकारमा मन्त्री बनेका तीन सांसदको पद जसपाले निलम्बन गरेको छ ।

लुम्बिनीमा विपक्षी गठबन्धनसँग सभामुखसहित ४२ सांसद छन् । सरकार सञ्चालनका लागि अहिले ४१ सांसदको बहुमत आवश्यक पर्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : ४६ बजे