काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ सयले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १२ : १० बजे
प्रतिक्रिया